नेपालले दियो कतारलाई १४७ रनको लक्ष्य

प्रकाशित मिति:

कतारविरुद्धको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले कतारलाई १४७ रनको लक्ष्य दिएको छ ।दोहास्थित वेस्ट इन्ड पार्क​मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनायो ।

नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । १७ औँ ओभरमा रिटायर्ड हर्ट भएर मैदान बाहिरिनुअघि उनले ४७ बलको समाना गर्दै ५ चौकाको मद्दतमा ५५ रन बनाइन् ।सीता रानामगरले ३९ तथा सरिता मगरले २१ रनको योगदान दिँदा कविता कुँवर ८ रनमा अविजित रहिन् ।

कतारका एन्जेलिन मारे र सबिजा पानायानले एकरएक विकेट हात पार्दा २ विकेट रन आउटको रूपमा प्राप्त भयो ।