इन्दु टी २० आईमा अर्धशतक बनाउने पहिलो महिला क्रिकेटर

प्रकाशित मिति:

इन्दु बर्मा महिला टी २० आई मा अर्धशतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेकी छिन । नेपालले पहिलो पटक टी २० आई सिरिज खेल्दा इन्दुले ५५ रनको योगदान गरिन ।

तेस्रो नम्वरमा ब्याटिङमा आएकी इन्दुले ४७ बलमा पाँच चौकाको मद्दतले ५५ रन बनाइन । यसअघि टि २० आईमा सीता राना मगरले इन्डोनेसियाविरुद्ध बनाएको ४८ रन उच्च स्कोर थियो ।

नेपालको स्कोर आठ रनमा एक विकेट हुँदा क्रिजमा आएकी इन्जुले सिता रानामगरसँग ८८ रनको उत्कृष्ट साझेदारी गरेकी थिइन ।