घरेलु महासघमा नयां नेतृत्व चयन, अध्यक्षमा पुन पाठक

प्रकाशित मिति:

बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासघ लुम्बिनी प्रदेश समितिको अधिवेशनवाट नयां नेतृत्व निर्विरोध रुपमा चयन भएको छ । बुटवलमा भएको महासघको प्रदेश अघिवेशनबाट पुन नेत्र प्रसाद पाठकको अध्यक्षतामा नयां कार्यसमिति चयन भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रासाद केसीको अध्यक्षत र महासघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको विशिष्ठ आतिथ्यतामा भएको अधिवेशनले सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक जिवनारायण अधिकारीका अनुशार प्रदेश समिति र प्रदेश महिला उद्यमी समिति सर्वसहमतीमा चयन भएको हो । जस अनुशार महासघको वरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद अधिकारी (रुपन्देही), उपाध्यक्षमा उमानाथ पोख्रेल ९ नवलपरासी०, महासचिवमा जयश्वर पौडेल (बांके) , कोषाध्यक्षमा लक्ष्मण बेल्वासे (कपिलवस्तु) रहेका छन् । त्यसगरि महासघका प्रदेशकार्यसमितिको सदस्यहरुमा धनिश्वर गौतम (गुल्मी), डिल्लीराम बस्याल (पाल्पा), जित वहादुर महरा ।(रोल्पा), दोणराज सुवेदी (कपिलवस्तु,) विनता पाृेख्रेल (नवलपरासी),संजिव गहतराज (कपिलवस्तु),धनसिंह वली (वांकें),सतिस कुरमार अधिकारी (बांके ) रहेका छन् ।

त्यसैगरि महिला उद्यमी समितिको अध्यक्षमा शान्ती शर्मा, बरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन, महासचिवमा पावएती अधिकारी, कोषाध्यक्षमा मेनकला सिंह रहेका छन् । सदस्यहरुमा शान्ती पौडेल, अनिषा कृेसी, सुनीता राणा, हिरा घले, मुना पाण्डे रहेका छन् । नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई महासघका केन्द्रिय अध्यक्ष श्याम
गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।