भारतका चर्चित योगगुरु बाबा रामदेव काठमाडौंमा

प्रकाशित मिति:

काठमाडौं । भारतका चर्चित योगगुरु बाबा रामदेव काठमाडौं आइपुग्नुभएको छ । पतञ्‍जलि योगपीठका योगगुरु रामदेव र उहाँ सहकर्मी आचार्य बालकृष्ण बिहीबार साँझ काठमाडौं आइपुग्नुभएको हो । भारतका यातायात मन्त्री नीतिन गडकरी पनि काठमाडौं आउनुहुने बताइएको छ । उहाँहरु तीनैजना पतञ्जलि योगपीठ ९नेपाल० को निम्तामा काठमाडौं आउनुभएको हो ।

पतञ्जलि योगपीठले मंसिर ३ गते आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उहाँहरु काठमाडौं आउनुभएको हो । गडकरीसहितले प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीलाई समेत भेट्ने कार्यक्रम रहेको योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहले बताउनुभयो ।

गडकरी पतञ्जलि योगपीठले ल्याउन लागेका दुईवटा टिभी च्यानल आस्था नेपाल र पतञ्‍जलि ९नेपाल० को उद्घाटनमा सहभागी हुन आउनुभएको हो । दुवै च्यानलको उद्घाटन प्रधानमन्त्री देउवाले गर्नुहुने भएको छ ।