रुपन्देहीको गैडहवामा जनमत पार्टीले दियो स्वयय सेवक युवा दस्तालाई सुरक्षा कवज तालिम

प्रकाशित मिति:

२ कार्तिक,कञ्चन-डा. सिके राउटले नेतृत्व गरेको जनमत पार्टीले आज गैडहवामा करिब ५ सय जनालाई स्वयम सेवक दस्ताको रुपमा सुरक्षा कवज तालिम प्रदान गरेको छ।
सो पार्टीका केन्द्रिय सदस्य रामकेश गुप्ता र जनमत शिक्षक संघका केन्द्रिय सदस्यको उपस्थितीमा गैडहवा गाउपालिकाको सग्रहवामा सो तालिम भएको हो। केन्द्रिय सदस्य गुप्ताले तथालिममा सहभागी युवाहरुलाई सम्बोधन गर्दै गाउमा हुने बिभिन्न समयमा हुने बिपद र बाढी पिडितहरुलाई व्यबस्थापन तथा सहयोग र समयमै उद्धार गर्न सक्ने युवाको रुपमा तयारी गर्न सुरक्षा कवज तालिम प्रदान गरिएको बताउनु भयो ।

यस्तै जनमत शिक्षक संघका केन्द्रिय सदस्य रामदेव यादवले स्थानिय तहमा जनप्रतिनीधिहरुले गाउको बिकासको नाममा गर्ने अनियमित्ता र भ्रष्टचारको खण्डन तथा बिरोध गर्न र जनतालाई समयमै सचेत गराउन गाउ गाउमा के कसरी समन्वय र सहजिकरण गर्ने भन्नेबारे पनि सहज बनाउन सुरक्षा कवज तालिम प्रदान गरिएको उल्लेख गर्नु भयो । पछिल्लो समयमा जनप्रतिनीधिको रुपमा निर्वाचित भएर स्थानिय तहको नेतृत्व गर्नु अर्थ आफुलाई मन लागेको गर्न र बिकासको नाममा जनताले तिरेको ढुकटीमा पौडी खेल्न जनताले छुट नदिएको तर जनप्रतिनीधिहहरुले सिंहको रुप धारण गरी जहाँ सुकै भ्रष्टचार गरिहेको समेत यादवले आरोप लगाउनु भयो । स्वयम सेवक युवा दस्ताले सुरक्षा कवज पछि जनताको सेवा गर्न र भ्रष्टचार र अनियत्तिाको बिरुद्धमा प्रतिवाद गर्न सफल हुनेमा यादवले बिश्वास ब्यक्त गर्नु भयो ।

जनमत युवा संघ गैडहवाका अध्यक्ष त्रिलोकी नाथ यादवको अध्यक्षतामा भएको तालिममा जनमत पार्टी गैडहवाका सचिव सिकन्दर सिंह कुर्मीले संचालन गर्नु भएको थियो ।सुरक्षा कवज सम्बन्धी तालिम जनमत युवासंघका जिल्ला सचिव सञ्जय यादवले गर्नु भएको तालिममा जनमत युवा संघका रामनयन लोधले तालिमको सहजिकरण गर्नु भएको थियो ।
जनमत स्वयम सेवक दस्ताका संयोजकमा भने ईन्जिनियर अतुल्लाह खान हुनुहुन्छ