पौडेल पक्षले अग्रता लिँदा रूपन्देहीमा झडप

प्रकाशित मिति:

रूपन्देहीको सिद्धार्थनगरमा मतगणना भइरहँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच झडप भएको छ ।

झडपमा परी पाँचजना घाइते भएका छन् । झडप राति भएको जिल्ला प्रहरी प्रमुख (एसपी) मनोज केसीले फरकधारलाई जानकारी दिए । पौडेल पक्षका सभापति उम्मेदवार पुरण श्रेष्ठले अग्रता लिएपछि झडप भएको खुलेको उनी बताउँछन् ।

श्रेष्ठ प्यानलका सचिव उम्मेदवार शैलेस पन्तसहितका नेताहरू घाइते भएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालमा पन्त र अन्यको भैरहवा अस्पतालमा भइरहेको छ ।