काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार भारतीय योगगुरू बाबा रामदेवको चाकरी भएको टिप्पणी गरेका छन् ।शनिबार सामाजिक सञ्जाल ट्विटमार्फत नेपालमा विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाउँदै तीनै जना योगगुरु रामदेवको चाकरी भएको टिप्पणी गरे ।
उनले भनेका छन्, ‘प्र.मं। देउवा,प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टी।भी। भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो। यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।’विदेशी लगानीको टिभी उद्घाटन गर्नेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० राष्ट्रघाती भएको देखेर पनि नदेखेझैँ गरेको पनि उनले भनेका छन् ।
शुक्रबार पतञ्जली आयुर्वेदका लगानीकर्ता एवं योगगुरू रामदेव, पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्णले मण्डिखाटारमा आस्था नेपाल र पतञ्जली नेपाल टिभी सञ्चालनमा ल्याएका छन्।दुबै टिभीको उद्घाटन आश्रममा प्रधानमन्त्री देउवाले गरेका थिए। प्रधानमन्त्री देउवासँगै प्रचण्ड र नेपाल पनि थिए । अहिले यस विषयमा चौतर्फी विरोध भइरहेको छ ।
प्र.मं. देउवा,प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टी.भी. भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो।यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।
— Dr. Bhim Rawal (@BhimRawal179) November 20, 2021








