महिला टी-ट्वान्टी विश्वकप छनोट : नेपाल र भुटान भिड्दै

प्रकाशित मिति:

काठमाडौं । आईसीसी महिला टी(ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।

दुबईमा हुने नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३स्१५ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदान उत्रँदा नेपाल जित हात पार्ने दाउमा हुनेछ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।