यस्तो छ आज दिनभरको मुख्य १५ समाचार

प्रकाशित मिति:

१  नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा नारायणी नदी किनारमा तयारी तीव्र, उद्घाटनस्थलको २५ स्थानमा सेल्फी प्वाइन्ट र विभिन्न स्थानमा गैँडाको मस्कट तयार

२ प्रधानन्यायाधीश जबरालाई भोलि फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय, फुलकोर्ट बैठकमा मंसिर १५ देखि गोलाप्रथा लागू गर्न माग गरिने

३ नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा एआईजीको कमान्डमा एक हजारभन्दा बढी प्रहरी खटाइने, महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रमा सवारीसाधन चल्न रोक

४ आर्थिक पुनरुत्थानका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको अर्थमन्त्री शर्माको भनाइ, कोरोनाले खस्किएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सरकारलाई निजी क्षेत्रको साथ चाहिने प्रस्टोक्ती

५ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशनको मत परिणाम आउने क्रम आज पनि जारी, जिल्ला सभापतिदेखि भातृ संगठन र सुभेच्छुक संगठनका पदाधिकारी नै महाधिवेशन प्रतिनिधिमा पराजित

६ सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, न्यायालयको समस्या समाधान गर्न सरकार तयार रहेको प्रस्टोक्ति

७ सूर्य चिह्नको धाक नलगाउन ओलीलाई नेकपा एसका अध्यक्ष नेपालको चेतावनी, एमालेको सूर्य चिह्नमा ग्रहण लागिसकेको टिप्पणी

८ १०औँ महाधिवेशनमा सचिवमा उठ्ने तयारी गरिरहेको नेकपा एमालेका सचिव भट्टराईको उद्घोष, अहिले नै आफू माथिल्लो पदमा जान नखोजेको भनाइ

९ श्रममन्त्री श्रेष्ठले चासो देखाउँदा वैदेशिक रोजगारीमा कोरिया जान लागेका युवाहरु एजेन्टहरुको ठगिबाट जोगिए, विभिन्न बहानामा पैसा असुल्नेलाई कारबाही गर्न मन्त्री श्रेष्ठको निर्देशन

१० बुधबार देशभर ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ३२ जना संक्रमणमुक्त, ४ जनाको मृत्यु

११ बुधबार झिनो अंकले बढ्यो सेयर बजार, ४ अर्ब २१ करोडको कारोबार, फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

१२ अमेरिकी राष्ट्रपति बाइडेनद्वारा प्रजातान्त्रिक शिखर सम्मेलनमा नेपालसहित ११० देशलाई निमन्त्रणा, भर्चुअल माध्यमबाट डिसेम्बर ९ र १० तारिखमा हुने सम्मेलनमा विभिन्न देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा

१३ पश्चिम बुल्गेरियामा भएको बस दुर्घटनामा ४६ जनाको मृत्यु, सात जना घाइते, ३ दिने राष्ट्रिय शोकको घोषणा

१४ वाइ–वाइ अन्डर–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको खेलमा कर्णाली प्रदेशको विजयी सुरुवात, लुम्बिनी प्रदेश १ सय ४० रनले पराजित