९ मंसिर,कञ्चन- हरेक बर्ष बालाचतुर्दशीका दिन लाग्दै आइरहेको शतबिज छर्ने भैरमघाट मेला यस बर्ष पनि आज देखि शुरु हुदैछ। यस बर्षको पितृहरुको सम्झनामा शतबिज छर्ने तथा तोरण तार्ने यहि मंसिर १७ गते परेको छ। शतबिज छर्न तथा तोरण तार्न रुपन्देहीका बिभिन्न गाउ,नवलपरासी,कपिलबस्तु लगायत छिमेकी देश भारतका सुनौली, नौतनवा,गोरखपुर र आसपासका स्थानहरुबाट बाजागाजा सहित आउने गर्छन।बिभिन्न स्थानबाट आउने भक्तजनहरुको व्यबस्थापन र उक्त दिन लाग्ने मेलाको व्यबस्थापन,संरक्षण र पर्बद्धन त्यहाको स्थानिय कञ्चन आमा समूह र गौतमबुद्ध युवा क्लवले गर्दै आएको छ। स्व स्फुर्त रुपमा लाग्ने मेलामा आउने दर्शक तथा भक्तजनहरुको मनोरञ्जनका लागि स्थानिय गौतमबुद्ध युवा क्लव र कञ्चन आमा समूहले खुल्ला फुटवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
भैरमघाट बालाचतुर्दशी मेलाको रुपमा परिचित यस बर्षका मेलामा पनि ४० हजार रुपैया राशी सहितको खुल्ला फुटवल प्रतियोगिताको आयोजना गरेको छ। साता दश दिन सम्म लाग्ने मेला भएपनि देशमा भएको १० बर्षे जनयुद्धका कारण एक दशक देखि एक दिन मात्र मेला लाग्दै आएकोमा बिगत ५ बर्ष अगाडी देखि पुन पुरानै लयमा मेला लाग्दै आएको छ। यस बर्षको भैरमघाट बालाचतुर्दशीको मेलामा संचालित खुल्ला फुटवल प्रतियोगितामा रुपन्देही,कपिलबस्तु, पाल्पाका २२ फुटवल टिमले प्रतिस्पर्धामा सहभागिता जनाएका छन। १८ गते सम्म संचालन मेलामा शतबिज छर्न आउने भक्तजन तथा दर्शकहरुको मनोरञ्जनका लागि १७ गते स्थानिय कलाकारहरुले बिभिन्न सांगेतिक कार्यक्रम प्रस्तुत गर्ने छन।
भैरमघाट बालाचतुर्दशी मेलाको संरक्षण र सम्बद्र्धन गर्न गत बर्ष देखि कञ्चन गाउपालिकाले १ लाख रुपैया बजेट व्यबस्थापन गर्दै आएको छ।








