पूर्वपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किदा आठजना घाइते भएका छन् ।काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुवाहक बस र रूपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस बिहान करिब ६ बजे सैनामैना नगरपालिका–४ मुर्गियामा आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा दुवै सवारीसाधनका चाररचार जना यात्रु घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।








