कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ मा मन्नान खाँ, यि हुन् विजयी उम्मेद्वरहरु

प्रकाशित मिति:

कपिलबस्तु । कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत कपिलवस्तुमा बुधबार राती भएको क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । जसमा गएराति सम्पन्न निर्वाचनमा क्षेत्र नं. १ को सभापतिमा मन्नान खाँ निर्वाचित हुनुभएको छ । अब्दुल मन्नान खाँको कुल कुल २ सय ९९ मत प्रप्त गर्नु भएको थियो भने टेक बहादुर साहीले २ सय ७९ मत प्राप्त गरेका थिए । उहाँले आफ्ना प्रतिस्पर्धी टेकबहादुर शाहीलाई २० मत अन्तरले पराजित गर्नुभएको हो ।
त्यस्तै सचिव पदमा कृष्ण प्रसाद चौधरी (२९६) र विजय कुमार खनाल (२८३) विजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धी चन्द्रान्त पोख्रेल (२६३), अतिकुररहमान जोल्हा (२३५) मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै सह–सचिवमा सक्रान्ती थारु (३०८) रमेश शर्मा शुक्ला (२७७) विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी भग्गु प्रसाद चौधरीले (२६७), सन्तोष कुमार यादव (२३४) मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै क्षेत्रीय सदस्य खुल्ला महिलामा खुम शर्मा बाग्ले,क्षेत्रीय सदस्य खुल्ला पुरुषमा कल्याण टण्डन, सुरन कुमार शर्मा, झलक मल्ल ठकुरी विजयी हुनुभएको छ । त्यस्तै क्षेत्रीय सदस्य प्रदेश क खुल्ला तर्फ उदय राज चौधरी, छत्रमणी पाण्डे विजयी हुनुभएको छ । त्यस्तै क्षेत्री सदस्य प्रदेश क महिला तर्फ केपिला थापा विजयी हुनु भएको छ । त्यस्तै क्षेत्रीय सदस्य प्रदेश (ख) खुल्ला तर्फ घनेश्वर अधिकारी, राम मिलन काहर विजयी हुनु भएको छ ।


त्यस्तै क्षेत्रीय सदस्य प्रदेश (ख) महिला तर्फ उषा पाण्डेय विजयी हुनु भएको छ । प्रतिनिधी सभा क्षेत्र नं. १ खस आर्य तर्फ दुर्गा प्रसाद अर्याल (विजयी हुनु भएको छ । त्यस्तै क्षेत्रीय सदस्य मधेसी महिलामा दलारमती अहिर विजयी हुनु भएको छ । क्षेत्रीय सदसय मुस्लिम तर्फ अब्दुल मजिद मुसालमान विजयी, क्षेत्रीय सदस्य थारु तर्फ शिव शंकर थारु विजयी हुनु भएको छ । दलित तर्फ दिल बहादुर सुनार, अपाङ्ग तर्फ मनोज पौडेल मधेसी पुरुष तर्फ राम औतार अहिर विजयी हुनुभएको छ । त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधी खुल्लामा आशिष शर्मा, हिमलाल पौडेल, राजेश आचार्य, डोलक घिमिरे, दुनिका भुसाल, कमल टण्डन, दुर्गा बहादुर सेन, गणेश बहादुर क्षेत्री, राजेश सिंह, विष्णु प्रसाद न्यौपाने विजयी हुनु भएको छ ।

त्यस्तै केन्द्रिय माधिवेशन प्रतिनिधी महिलामा अपिला भुसाल टण्डन, विमला गैरे, इन्दिरा भट्टराई, तनुश्री भण्डारी विजयी हुनु भएको छ । केन्द्रीय महधिवेशन प्रतिनिधीखस आर्य पुरुष मित्रदेव घिमिरे ( गोपाल), मधेसी महिला गिता पाठक, मधेसी पुरुषमा मेवालाल यादव र सुरेस प्रसाद शर्मा विजयी हुनु भएको छ । त्यस्तै मुस्लिम महिलामा समिरन मियाँ, मुस्लीम पुरुष जमसेद खाँ, महाधिवेशन प्रतिनिधी थारु महिला गोविन्दी थारु पुरुषमा पुरन थारु, दलितमा छविलाल नेपाली विजयी हुनु भएको छ । कुल ६०१ मत दाताहरु मध्ये ५८८ मत खसेको थियो । भने केही पदहरुमा बहेक सबै पदहरुमा अब्दुल मन्नान खाँ प्यानल विजयी भएको हो ।