नेपाली काङ्ग्रेस स्याङ्जाको जिल्ला निर्वाचन सकियोः मतगणना आजै

प्रकाशित मिति:

स्याङ्जा, मंसिर १० । नेपाली काङ्ग्रेस स्याङ्जाको जिल्ला निर्वाचन साँझ सकिएको छ । सो निर्वाचनमा कुल २२५७ मतमध्ये २२१८ मत खसेको छ । केहीबेरपछि मतगणना हुने निर्वाचन समितिका सदस्य फणिन्द्र पौडेलले बताउनुभयो ।

स्याङ्जाको जिल्ला सभापतिमा भागवत् प्रकाश मल्ल र राजु थापाले उम्मेदवारी दिनुभएको छ भने उपसभापतिमा केदार काफ्ले, टिकाराम ढकाल, नारायणप्रसाद पौडेल, शेरबहादुर थापा, होमप्रसाद भट्टराईको उम्मेदवारी छ ।

त्यस्तै सचिवका लागि गुरुप्रसाद भट्टराई, दामोदर लम्साल, बुद्धिसागर भण्डारी, रामचन्द्र रेग्मीले उम्मेदवारी दिनुभएको छ। सभापतिमा थापा र मल्लका बिचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।