निमा गिरीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

प्रकाशित मिति:

नेपाली कांग्रेसकी महाधिवेशन तथा महासमिति सदस्य निमा गिरीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।

उनले आफूले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने सेतोपाटीलाई बताइन्। यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा कांग्रेसले १४ औं महाधिवेशन गर्दैछ।

प्युठानकी गिरी लगातार तेस्रोपटक महाधिवेशन तथा महासमिति सदस्य बनेकी हुन्। उनी लामो समय नेविसंघको राजनीतिमा पनि क्रियाशील थिइन्।