स्याङ्जा काङ्ग्रेसको सभापतिमा राजु थापाः ३२ मतले मल्ल पराजित

प्रकाशित मिति:

स्याङ्जा, मंसिर ११ । स्याङ्जा जिल्लाको शुक्रबार सम्पन्न अधिवेशनबाट जिल्ला कार्यसमितिको सभापतिमा राजु थापा निर्वाचित हुनुभएको छ । उहाँले १११७ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अर्का उम्मेदवार गण्डकी प्रदेश नेपाली काङ्ग्रेसका सचेतक भागवत् प्रकाश मल्लले १०८७ मत ल्याउनुभएको थियो । ३२ मतको अन्तरले संविधानसभा सदस्य राजु थापाले मल्ललाई पराजित गर्नुभएको हो ।

त्यस्तै उपसभापतिमा केदार काफ्ले र शेरबहादुर थापा, सचिवमा गुरुप्रसाद भट्टराई र दामोदर लम्साल, सहसचिवमा ध्रुवबन्धु पौडेल र पृथ्वीप्रसाद पोख्रेल निर्वाचित हुनुभएको छ ।त्यस्तै खसआर्य खुला सदस्यमा अनन्तनारायण अर्याल, जनकप्रसाद काफ्ले, नबराज सुवेदी र मुक्तिप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । जनजाति समावेशीबाट सदस्यमा धनबहादुर थापा,धर्मबहादुर गुरुङ, पूर्णबहादुर थापा, हर्कबहादुर सारु निर्वाचित हुनुभएको छ । दलित समावेशीमा कृष्णबहादुर बसेल, दिलबहादुर थापा सुनार निर्वाचित भएका छन् । त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधि अपाङ्गबाट दिपेन्द्र खड्का निर्वाचित भएका छन् निर्वाचन समितिले जनाएको छ ।

खुला सदस्यमा जीवनाथ शर्मा, देउमाया थापा, खगुपति न्यौपाने, तुलसा पाण्डे भट्टराई, विनय पौडेल, टुकराज पाठक, हरिप्रसाद अधिकारी, एकनारायण मरासिनी, किरणबन्धु अर्याल, तोयनाथ अर्याल, श्यामकाजी अधिकारी, गुणनिधि काफ्ले, घनश्याम रिजाल र सीता काफ्ले रेग्मी निर्वाचित भएको निर्वाचन अधिकृत बाबुकुमार सिग्देलले बताउनुभएको छ ।