चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनको बन्द सत्र शुरू भएको छ।
बिहान ८ बजेदेखि बन्द सत्र शरू गर्ने कार्यतालिका भए पनि गएराति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी शुरू भएको हो।
प्रतिनिधिहरू बन्द सत्रका लागि लाइन लागेर बसेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली सौराहास्थित बन्द सत्र हुने हलमा पुग्नुभएको छ। बन्द सत्रमा विभिन्न मुलुकबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्नेछन्।











