नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको दसौं महाधिवेशनको बन्दसत्रमा शनिबार महाभारतको प्रसंग सुनाए।अहिले पाँच दलको गठबन्धन भन्दा आफ्नो दल बलियो भएको देखाउन उनले महाभारतको प्रसंग उप्काए र कार्यकर्ताहरूलाई एमाले एक्लो भएको प्रोपोगाण्डको भ्रममा नपर्न आग्रह गरे।वायुपुत्र हनुमानले जस्तै हिजो९महाधिवेशन उद्घाटनमा० आफ्नो शक्ति पहिचान गरेनौु, ओलीले भने, हनुमान छटपटाएका थिए कसरी लंका जाने होला भनेर। जबकि जन्मनेबित्तिकै हनुमान सूर्य खान झम्टिएको थियो। थोरै थुतुनो डढेको थियोु, ओलीले भने, हनुमानलाई सम्झाउनु परेको थियो सात समुन्द्र त सात खाल्डा हुन् तिमी उफ्रिएर पार गर्नसक्छौ।
ओलीले थपे, हामी जनपुत्र हौं। नेकपा एमाले जनताका छोराछोरी हौं।ओलीले पाँच दलीय गठबन्धनसँग एमाले एक्लै भिड्ने बताए।
पाँच वटा हुन् कि दश वटा हुन् एउटै हो। यी फुटे भने अझ धेरै शक्ति हुन्छु, ओलीले भने, ुहामी सुदृढ शक्ति हौं। स-साना गुट पाँच मिलुन् कि दश मिलुन् के मतलब हामी बहुमत ल्याएर देखाउँछौं।








