लोकप्रिय नेता भागवत प्रकाशको साथविना म अगाडि बढ्न सक्दिनः सभापती राजु थापा

प्रकाशित मिति:

मंसिर ११ । संविधानसभा सदस्य तथा स्याङ्जा जिल्लाका नवनिर्वाचित काङ्ग्रेस सभापति राजु थापाले लोकप्रिय नेता भागवत प्रकाश मल्लसँग सल्लाह गर्दै आगामी दिनमा स्याङ्जा काङ्ग्रेसलाई अगाडि बढाउने बताउनुभएको छ ।

आज पार्टी कार्यालयमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले कार्यकर्ताले युवा नेतृत्वमा विश्वास गरेकाले त्यो विश्वासअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी कोही हारेका पनि छैनौं र जितेका पनि छैनौँ । हामी सबै मिलेर स्याङ्जा काङ्ग्रेसलाई अगाडि बढाउने छौँ । महाधिवेशनका समयमा भएका सबै कुराहरुलाई बिर्सेर एकताबद्ध काङ्ग्रेस बनाउने कुरामा हामी सँगै मिलेर काम गर्ने छौं । प्रकाशजीको सल्लाहविना म स्याङ्जा काङ्ग्रेस अगाडि बढाउन सक्दिन ।’

उहाँले भागवत् प्रकाश मल्ललाई मतदान गर्ने सबै प्रतिनिधिहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभएको छ ।उहाँले युवाहरुको काँधमा स्याङ्जा काङ्ग्रेसको अभिभारा आएको बताउँदै यो जिम्मेवारीलाई मिलेर पूरा गर्नुपर्ने समेत बताउनुभएको छ ।