नेकपा एमालेका १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् ।
सौराहामा जारी दशौं महाधिवेशन बन्दसत्रको सिंगो हलले अध्यक्ष ओलीलाई उक्त जिम्मेवारी दिएको हो । ‘सिंगो हलले अध्यक्ष केपी शर्मा ओलीलाई १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी दिएको छ’ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने । बन्दसत्र अहिले जारी छ ।








