काठमाडौं( नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन्।बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन्। स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सारिएको छ।
यसअघि शनिबार नै उम्मेदवारी मनोयन गराउने र फिर्ता लिने समय दिइएको थियो। तर, समयाभाव भएको भन्दै उम्मेदवारी दर्ताको समय आइतबारका लागि सारिएको हो।एमालेभित्र कम्तिमा नेतृत्व चयनका लागि सर्वसम्मत गराउने प्रयास भइरहेको छ। हालसम्म अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलले अध्यक्षमा दाबी गरेका छन्।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ओली समूहकै नेताहरु ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका छन्। अर्कोतर्फ वरिष्ठ उपाध्यक्षमा घनश्याम भूसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।ओलीले आफ्नो समूहभित्र वरिष्ठ उपाध्यक्ष र महासचिवमा कुनै एकजनालाई बसाउने गरी छलफल गरिरहेका छन्।








