एमालेको नयाँ नेतृत्व प्रस्ताव गर्ने जिम्मा केपी ओलीलाई

प्रकाशित मिति:

नेकपा एमाले महाधिवेशनको बन्दशत्रले पार्टी पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा केपी शर्मा ओलीलाई दिएको छ । शनिवार चितवनको सौराहामा जारी बन्दशत्रमा विष्णु पौडेलले पदाधिकारी छान्ने जिम्मा ओलीलाई दिन प्रस्ताव गरेका थिए ।

अव ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार गर्नेछन् । सर्बसम्मतिको लागि अध्यक्ष केपी ओलीलाई सम्पूर्ण अधिकार हलले दिएको छ ।

यसमा असन्तुष्टले उम्मेदवारी मनोनयन गर्न पाउने छ । अहिले उपाध्यक्ष भीम रावलले बोलिरहेका छन् । ओलीलाई सम्पूर्ण अधिकार दिने निर्णयप्रति असहमति राखेका छन् ।