साँझ ७ बजेदेखि शुरु हुने बन्द सत्रमा सर्वसम्मत नेतृत्व घोषणा हुँदैछ : बाँस्कोटा

प्रकाशित मिति:

चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र आज साँझ ७ बजे सुरु हुने बताउनुभएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उहाँले साँझ ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने बताउनुभएको हो ।

अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा जानुभएको थियो । उहाँहरु दुवैजना अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किनुभएको छ ।

यसैबीच वरिष्ठ उपाध्यक्ष भीम रावललाई दिन ओली सहमत भएको बताइएको छ । योसँगै सबै पदाधिकारीसहित केन्द्रीय कमिटी नै सर्वसम्मत हुने स्रोतको दाबी छ । केही नयाँ अनुहारसहित केन्द्रीय सदस्य सबै यथावत रहने बताइएको छ ।