चितवन — पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावाली मिलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका निकट नेताहरु नामावलीमा सहमति गरेर बाहिरिएका छन् ।नेताहरुले ३०१ जना केन्द्रीय सदस्यहरुको सूची तयार गरेर अध्यक्ष ओलीलाई दिएका थिए ।ओलीसँग छलफलपछि नेताहरु विष्णु पौडेल, इश्वर पोखरेल, शंखर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ होटल सफारीबाट बाहिर निस्किएर बन्दसत्र स्थल सेभेन स्टार होटलतर्फ लागेका छन् ।
छलफलपछि बाहिरिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने,ु विभिन्न लेयरमा बसेर नेताहरुले छलफल गर्नु भएको छ । सबै विवाद टुंगियो होला । निर्धारित समयभन्दा १० घण्टा ढिलो गरी एमालेको १०औं महाधिवेशनको बन्द सत्र आइतबार राति ८ बजेदेखि सुरु हुने भनिएको छ । अब केहीबेर पछि बन्दसत्र सुरु हुने बताइएको छ ।








