१२ मंसिर, काठमाडौं । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी भएको छ ।
विहान १० बजेका लागि बोलाइएको बन्दसत्र अझैसम्म सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा नेताहरुसँग दिनभर छलफल गरेका ओली भर्खर बन्दसत्र स्थलमा पुगेका छन् । त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ पार्टी ‘फुटाउने मतियार होसियार’ भन्दै नाराबाजी गरेका











