१३ मंसिर, गुल्मी । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् ।पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनलका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका छन् ।पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव थिए भने थापा महाधिवेशन प्रतिनिधि हुन् । शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी रामचन्द्र पक्षका हुन् भने पराजित हुने थापा देउवा पक्ष हुन ।
जिल्ला कार्य समितिका अरु पदमा पनि निर्वाचन भएको थियो । त्यस्तै दुई जना जिल्ला उपसभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।जसमा अनन्तराम पौडेलले एक हजार १८७ र शिवबहादुर खत्रीले एक हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै दुई जना जिल्ला सचिव पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो ।जसअनुसार जगदिस भट्टराईले ९९१ र भगतसिंह खड्काले एक हजार २२ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै दुई जना जिल्ला सह(सचिव पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो ।जस अनुसार जसअनुसार छविलाल पाण्डेले एक हजार १३३ मत र धर्मराज पाण्डेले ८५० मत ल्याएर निर्वाचित भएका छन् । महाधिबेशनका लागि एक हजार ७६१ जना प्रतिनिधि रहेका थिए ।
त्यसमध्ये एक हजार ६९३ मत खसेको थियो । मतदानकै क्रममा शनिबार जिल्ला सदरमुकाम तम्घासमा मुसिकोट नगरपालिकामा केहिबेर मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै केही बेर मतदान नै स्थगित गरिएको थियो ।सहमति पश्चात रोकिएको मतदान आइतबार मतदान पुनः गरिएको थियो । आइतबार रातिबाटै मतगणना गरिएको थियो ।








