प्रथम अध्यक्ष कप टि –२० क्रिकेटको उपाधी मायादेवि वडा न.८लाई

प्रकाशित मिति:

सुरेश परियार/मंसिर १३ गते-रुपन्देहीको मायादेवि गाउँपालिकामा भएको प्रथम अध्यक्षकप टि –२० क्रिकेट प्रतियोगिताको उपाधी मायादेवि वडा न।८ ले चुमेको छ ।उपाधी हाँसिल गरे संगै मायादेवि गाउँपालिका वडा न.८ले नगदराशी रु।३५ हजार,शिल्ड,मेडल,ट्रफि र प्रमाण पत्र प्राप्त गरेको हो ।आइतबार भएको फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मायादेवि वडा न.८ले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।जसमा वडा नम्बर ८ का प्रबिण नेपालीको ३५ बलमा ५९रन र कप्तान ईमरान दर्जीलको २६ बलमा ४२ रन जोडदै कुल २० ओभरमा ६ बिकेटको क्षेतिमा १७१ रन जोड्न सफल भएको गाउँपालिकाका योजना शाखा प्रमुख निरञ्जन गुप्ताले जानकारी दिए ।जवाफी मैदानमा उत्रिएको मायादेवि वडा न.६ले उक्त लक्ष्य भेटाउन सकेन । निर्धारित ओभरमा वडा नम्बर – ६ ले सबै विकेटको क्षेतिमा खेलको अन्तिम सम्म १ सय ४४ रन मात्र बनाउँदै उपविजेतामा सिमित रह्यो ।उपबिजेता बने संगै वडा न।६ले नगदराशी रु।२५ हजार,शिल्ड,मेडल,ट्रफि र प्रमाण पत्र प्राप्त गरेको हो ।

यस्तै,क्रिकेट प्रतियोगिताको फाईनल खेलमा म्यान अफ द म्याच वडा नं. ८ का खेलाडी प्रबिन नेपाली, म्यान अफ द सिरिज वडा नं. ६ का खेलाडी अर्जुन क्षेत्री,बेस्ट बलर वडा नं. ६ का खेलाडी प्रबेश थापा तथा बेस्ट ब्याट्सम्यान वडा नं.८ का खेलाडी ईमरान दर्जीलाई घोषित गरि खेलाडीलाई नगद तथा प्रमाण पत्रद्धारा सम्मान गरिएको हो ।मायादेवि गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा मंसिर ८ गते देखि उक्त प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा वडा न.१ देखि वडा न.८ सम्मको सहभागिता रहेको गाउँपालिकाका योजना शाखा प्रमुख गुप्ताले जानकारी दिए ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धुव्र नारायण चौधरीले भौतिक पुर्वाधार संगै खेलकुद क्षेत्रको विकासमा गाउँपालिका अग्रसर हुँदै आएको बताएका छन् । खेलकै माध्यमबाट स्थानीय खेलाडीहरु राष्ट्रिय स्तर सम्म पुर्योउने योजना रहेको बताउदै युवाहरुको साथमा सधै गाउँपालिका प्रतिबद्ध रहेको कुरा अध्यक्ष चौधरीले औँल्याए । शिघ्र नै खेलकुद विकास समिति गठन हुने जानकारी समेत अध्यक्ष चौधरीले दिए ।

यस्तै,कार्यक्रममा उपाध्यक्ष तारादेवि यादवले खेलकुदकै माध्यमबाट पालिका र देशको नाम रोशन गर्न सकिने ठोकुवा गरेकी छन् ।कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले खेलकुद क्षेत्रको श्रीबृद्धिका लागी गाउँपालिका सधै दृढ भएर अघि बढेको बताएका छन् । पुर्वाधार मात्र होइन खेलकुदको विकास र खेलाडीहरुको प्रोत्सान गर्न सकिए समृद्धिको यात्रा सुरु गर्न सकिने बताएका हुन् ।यसैगरि मायादेवि गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख नारायण प्रसाद लामिछानेले खेलकै माध्यमबाट युवा परिचालन,अन्तर सम्बन्ध,बृद्धि विकास र प्रबर्धन हुने जिकिर गरेका छन् ।पछिल्लो समय क्रिकेट लगायत खेलप्रतिको मोह हराउदै गएको चिन्ता ब्यक्त गर्दै स्थानीय खेलाडीहरुलाई उत्साहित र प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।यि प्रतियोगिताहरुले निरन्तरता पाउने बताउदै राष्ट्रिय खेलाडी उत्पादन गर्न पालिका लागी परिरहेको समेत लामीछानेले उल्लेख गरे ।यस्तै,कार्यक्रममा मायादेवि गाउँपालिका वडा न।६का वडा अध्यक्ष राजेन्द्र यादवले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यक्रम तिनै तहको सरकारले ल्याउनुपर्ने बताएका छन् ।खेलाडीहरुलाई प्रशिक्षण,उनीहरुको अभ्यासका लागी सुविधासम्पन्न खेलमैदान हुन सके मात्र उत्कृष्ट खेलाडी उत्पादन हुने दावि गर्दै वडा अध्यक्ष यादवले विगद वर्ष देखि नै खेलाडीहरुलाई खेलकुदका सामाग्री वितरण गर्दै आएको बताए ।

स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद भन्ने नारालाई आत्मसात गर्दै पालिकामा भएको उक्त प्रतियोगितामा आफनो वडा प्रथम भएको प्रति खुशी एवं खेलाडीलाई धन्यवाद ज्ञापन वडा न.८का वडा अध्यक्ष चोक बहादुर घर्ति मगरले बताएका छन् । सोही कार्यक्रममा वडाले ति खेलाडीहरुलाई प्रोत्साहन स्वरुप रु.५१ हजार प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।मायादेवि वडा न.३ केन्हौलीमा रहेको मायादेवि केन्हौली खेलमैदानमा भएको खेलको समापन कार्यक्रम मायादेवि गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख नारायण प्रसाद लामिछानेको अध्यक्षता,मायादेवि गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीको प्रमुख आतिथ्यता,गाउँपालिका उपाध्यक्ष तारादेवि यादव,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीको विशिष्ट आतिथ्यता रहेको थियो ।कार्यक्रमको सञ्चालन भने गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्राविधिक सहायक मधुसुदन बेल्बासेको सञ्चालन रहेको थियो ।प्रतियोगितामा नेपाल राष्ट्रिय क्रिकेट संघका राष्ट्रिय प्रशिक्षक शंकर राना सहित ४ जना प्रशिक्षकले सहजीकरण गरेका थिए ।