एमाले महाधिवेशन : मतदान सकियो, अब मतगणना

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा मतदान सकिएको छ । कुल २ हजार १५३ मतदाता रहेकोमा करिब २ हजार ८० मत मात्र खसेको जनाइएको छ ।

यद्यपि खसेको मतको औपचारिक विवरण सार्वजनिक भइसकेको छैन । आज बिहान ४ बजेदेखि मतदान शुरू भएको मतदान साढे १० बजेपछि सकिएको हो ।

मतदान सकिएसँगै अब मत विवरण संकलन तथा गणना सुरु हुनेछ । आजै मत परिणाम सार्वजनिक गर्ने जनाइएको छ ।

 

थप समाचार