१६ दिने लैङ्गिक हिँसा बिरुद्धको कार्यक्रम संचालन

प्रकाशित मिति:

१६ दिने लैङ्गिक हिँसा बिरुद्धको कार्यक्रम अन्तर्गत आज२०७८/०८/१३ गते लायन्स क्लब अफ डायनामिक टिचर्स,सिद्धार्थनगर तथा इनरह्वील क्लब अफ लुम्बिनी साथै नमुना एकीकृत परिषदको सँयुक्त आयोजना मा सँचालित कार्यक्रम मा रुपन्देही लिलाराम न्यौपाने मा.बि. का कक्षा १२ का बिद्यार्थी हरुलाइ अभिमुखिकरण सँचालित गरियो। लायन्स कल्ब अफ भैरहवा डायनेमिक टिचर्सका अध्यक्ष बिना भण्डारी तथा ईनर व्हिल कल्ब अफ लुम्बिनीका अध्यक्ष मिना पन्थिको सँयुक्त अध्यक्षतामा आयोजित कार्यक्रम को सँचालन डायनामिक टीचर्स क्लब कि उपाध्यक्ष साथै ईनर व्हिल कल्ब अफ लुम्बिनीका सचिव नारायणी नेपाल ले गर्नु भएको थियो भने कार्यक्रम सहजीकरण को भुमिका नमुना परिषदका अध्यक्ष साथै ईनर व्हिल कल्ब का सस्थापक अध्यक्ष ज्ञानु पौडेल ज्यु ले गर्नु भएको थियो िकार्यक्रम मा प्रमुख अतिथी को भूमिका मा बिद्यालय का प्र अ गणेश प्रसाद भट्टराई लाई आसनग्रहण गराइएको थियो।कार्यक्रमको अन्त्यमा बिद्यालय का प्र अ तथा प्रमुख अतिथि गणेश भट्टराई ले आयोजक टीम लाई बिद्यालय को तर्फदेखी धन्यबाद ज्ञापन गर्दै यस्ता कार्यक्रम ले किशोर किशोरी छात्र,छत्रा मा जिबनोपयोगी शिक्षा का मद्दत ले जीबनोपयोगी सिप को बिकास भै ब्यबहारिक रुपमा समाजमा सम्मानजनक जीवन यापन का साथै समाजका अन्य ब्याक्तिहरु मा समेत बिद्यार्थी हरुले सोचको परिबर्तन गराइ स्वच्छ समाजको निर्माण गर्न सक्ने क्षमताको बिकास हुनसक्ने धारणा राख्नुभएको थियो।कार्यक्रममा स्वागत मन्तव्य ईनर व्हिल कल्ब अफ लुम्बिनीका पुर्ब अध्यक्ष सीता भट्टराई ज्युले दिनु भएको थियो त्यसै गरि कार्यक्रम को समापन लायन्स कल्ब अफ भैरहवा डायनेमिक टिचर्सका अध्यक्ष ज्युले गर्नु भएको थियो।

नोभेम्बर २५ बाट डिसेम्बर १० सम्म १६ दिने अन्तराष्ट्रीय लन्गिक हिंसा बिरुद्ध दिवस संसार भर मनाईदैछ।येशै संदर्भ मा बिधर्थिहरुलाई लन्गिक हिंशाका स्वरुपहरु अबस्था चुनौती र हम्रो भुमिका बारे जानकारी र अन्तर्क्रया गर्दै जिबन सुरक्षाकालागी चाहिने जिवन उपयोगी सिप बारे महशुसिकरण गरौऊदै सामजिक सन्जालको दुरुपयोग बाट हुने हिंशाबाट बच्ने उपाया र मर्यादित महिनावारीको हामी सबैको जिम्मेवारी ।नारी सृष्टीको सार र श्रोत हो तर बिडम्बना तिनै नारीहरु हरेक दिन हिंसाको सिकार भैरहेका हुन्छन। लगभगहाम्रो घरमा समाजमा कुनै न कुनै रुपमा महिनावारी का कारण देखिने वा नदेखिने तरीकाले विभेद गरिएको हुन्छ। महिनावारी हुनु महिलाको एक सामान्य शारिरीक प्रकृया हो। महिनावारी भएका बेला सो विभेद सामान्य व्यवहार गर्न घर घर बाट पहल गरौ। महिला महिनावारी हुने हुनाले अपवित्र हुन्छन भन्ने गलत रुढीवादी अन्धबिस्वासलाई त्यागेर समान व्यवहार गरौ१ महिला हिंसा अन्त गर्न पहिलो सिंढी यहि महिनावारी विभेद अन्त गर्न जरुरी छ।