उत्तर प्रदेशका मुख्यमन्त्री भन्छन्– मोदीको दूत भएर जनकपुर आएँ !

प्रकाशित मिति:

जनकपुर, २६ मंसिर –भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू प्रधानमन्त्री नरेन्द्र मोदीको दूत भएर जनकपुर आएको बताएका छन् । निजी विमान मार्फत जनकपुर ओर्लिएका आदित्यनाथले समकक्षी लालबाबु राउतसँग जनकपुर अयोध्याको सम्बन्धले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

राम र सीताको विवाहउत्सवमा सहभागी हुन आएका योगी आदिन्यनाथ आजै भारत फर्किने कार्यक्रम रहेको छ । उनीसँग नेपालका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पनि भेट गरेका छन् ।

आदित्यनाथलाई समकक्षी लालबाबु राउत, प्रदेश सभामुख सरोजकुमार यादव, वरिष्ठ मन्त्री जितेन्द्र सोनलसहित मन्त्रिपरिषद्का सबैले स्वागत गरेका थिए ।