नेकपा एकिकृत समाजवादी सैनामैना नगर बिस्तार,अध्यक्षमा देवराज पौडेल

प्रकाशित मिति:

सुरेश परियार,मंसिर १७ गते-नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी सैनामैना नगर समिति विस्तार भएको छ । आज(शुक्रबार)एक कार्यक्रमका विच भएको भेलाले देवराज पौडेलको अध्यक्षतामा ३९ सदस्यीय नेकपा एकिकृत समाजवादी सैनामैना कमिटि गठन भएको हो । समितिको सचिबमा खिमानन्द आचार्य,उपसचिबमा विनोद के.सी,उपाध्यक्ष र कोषाध्यक्ष पछि टुङगो लगाईने छ भने बाँकी सदस्यमा चयन भएका छन् ।

यस्तै,भेलाले नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी निकट विधार्थी संगठन अनेरास्ववियू सैनामैना नगर कमिटि गठन भएको छ । केशव घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय कमिटि बनेको छ ।कमिटिको उपाध्यक्षमा आशिष विश्वकर्मा,बिनिता आचार्य,सचिबमा सुदिप खनाल,कोषाध्यक्षमा अर्जुन पौडेल,सहसचिब सुर्य पोख्रेल र विकास खनाल र बाँकी सदस्यमा चयन भएका छन् ।सोही अवसरमा नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराईले बोल्दै नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली हरियो सर्प भएको बताएका छन् ।एमाले भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउदै यि सामान्तीहरुलाई पराष्त गर्न आफनो पार्टी लागी परेको तर्क भट्टराईले गरेका हुन् ।उनले समाजवादलाई सधै आत्मसाथ गर्दै जनताको सारथी बन्दै आफनो पार्टि अघि बढ्ने बताउँदै नवनिर्वाचित कमिटिलाई बधाई ज्ञापन गरेका छन् ।

यस्तै,कार्यक्रममा आफनो पार्टिले बैधानिकता पाएको नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाईले बताएका छन् ।अन्याय,अत्याचार,वेविचारको विरुद्धमा सधै उभिरहने बताउँदै जनपक्षीय भएर काम गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।डा.चापागाईले के.पि ओलीले एमालेलाई भ्रष्टाचार,ठेकेदार,दलालको मात्र पाटि बनाएको भन्दै यसविरुद्ध विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । सामाजिक न्यायका लागी नेकपा एकिकृत समाजवादी सदैब प्रतिबद्ध भएको ठोकुवा डा.चापागाईले गरे ।दलाल पुंजी र भ्रष्टाचारलाई अन्त्य गर्न आफुहरुले बिद्रोह गर्न बाध्य भएको नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी लुम्बिनी प्रदेश कमिटि सदस्य मिन प्रसाद घिमिरेले बताएका छन् । देशमा सुशासन र आर्थिक समृद्धिका लागी आफनो पार्टि दृढ संकल्प सहित अघि बढ्ने उल्लेख गर्दै देश नै नेकपा एकिकृत समाजवादीमय बन्दै जाने विश्वास घिमिरेले गरे ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले संगठन विस्तार चाँडै पुर्णता पाउने बताएका छन् ।जनता र देशको स्थायीत्व र समृद्धिका लागी नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी जन्मीएको दावि गर्दै आगमी हुने तिनै तहको चुनावका लागी आफनो पार्टि लागेको दृढता ब्यक्त गरे ।समाज रुपान्तरण र न्यायको पक्षमा कटिबद्ध हुने अध्यक्ष गुरुङले बताएका छन् ।सैनामैनाको वडा न.८ रामापुर स्थित वाईटहाउस पार्टि प्यालेसको सभाहलमा भएको कार्यक्रम नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी सैनामैना नगर समितिका अध्यक्ष देवराज पौडेल,नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराईको प्रमुख आतिथ्यता तथा नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाई,लुम्बिनी प्रदेश कमिटि सदस्य मिन प्रसाद घिमिरे,जिल्ला अध्यक्ष राजु गुरुङको विशिष्ट आतिथ्यता रहेको थियो ।कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी जिल्ला कमिटि सदस्य नरेन्द्र पोख्रेल,रुकमाङत घिमिरे,भेषराज शर्मा लगायतले बोलेका थिए । नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी जिल्ला कमिटि सदस्य खिमानन्द आचार्यले कार्यक्रमको सञ्चालन गरेका हुन् । कार्यक्रममा २ सय बढिको सहभागिता रहेको थियो भने सोही अवसर पारेर सैनामैना वडा न.५ स्थित बुद्धनगरमा नेपाल कम्यूनिष्ट पार्टि एकिकृत समाजवादी सैनामैना नगरसमितिको सचिवालय कार्यालय उद्धघाटन गरिएको छ ।