सामाजिक बहिस्करण प्रभाव न्युनिकरण सम्बन्धी सामाजिक अगुवाहरुसंगको अन्तरक्रिया कार्यक्रम मंगलबार बर्दघाटमा सम्पन्न,
रामु भुसाल- नेपाल सरकार र स्वीस सरकार बीचको द्धिपक्षीय सम्झौता अनुसार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोग एवम् सेवा प्रदायक संस्था ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरको द्धारा सञ्चालित सुरक्षित आप्रवासन ९सामी० को आयोजनामा आप्रवाशन असर, प्रभाव साथै आप्रवासी कामदारहरुलाई सामाजिक बहिस्करण प्रभाव न्युनिकरण सम्बन्धी सामाजिक अगुवाहरुसंगको अन्तरक्रिया कार्यक्रम मंगलबार बर्दघाटमा सम्पन्न भएको छ ।
ईन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले जनचेतना फैलाउने र वैदेशिक रोजगारमा ठगीनेवाट जोगाउनेका लागि स्थानिय तहले सुरक्षित आप्रवासन परियोजना सामीसंग सहकार्य गरेको बताउनु भएको थियो । उहांले मानिसहरु नबुझिकन हल्लाको भरमा विदेश जादा हुन सक्ने संभावित खतराका वारेमा समेत जानकारी दिने भएकाले यो परियोजना निक्कै प्रभावकारी रहेको बताउनु भयो । सो अवसरमा बिषेश अतिथि बर्दघाट नगरपालिकाकी नगर उप–प्रमुख माया देवि पौडेल, प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य लगाएतले बैदेशिक रोजगारका समस्या, चुनौती र प्रभावका बारेमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा परियोजनाले दिने सेवा सुविधाका बारेमा मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सामि परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी र परियोजनाका मनोसमाजिक सुपरभाइजर विनय मर्हजनले सामाजिक लागत, सामाजिक लानछाना र भेदभावका वारेमा सहजीकरण गर्नु भएको थियो । सो अवसरमा हेल्भटासका लुम्बिनी प्रदेशकार्यक्रम अधिकृत जिआउल हक मनीहार, बिभिन्न संघ सस्थाका प्रतिनिधी आप्रवासी परिवारका सहभागी लगायतले आ–आफ्नो बिचार राख्दै वैदेशिक रोजगारीको अवस्था र सुरक्षित कसरी हुने भन्नेवारेमा तर्क राख्नु भएको कार्यक्रमको सञ्चालन परियोजनाका रिटर्नी भोलिन्टियर रामु भुसालले गर्नु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बर्दघाट नगरक्षेत्रमा रहेका बैदेशिक रोजगार संग सम्बन्धित बैदेशिक रोजगारमा जाने लक्षित युवा युवती र बैदेशिक रोजगारबाट फर्किएका युवा युवतीmहरु र नगर क्षेत्रका विभिन्न सामाजिक संघ संस्था र राजनितिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । नेपाल सरकार र स्विस सरकारको दुईपक्षिय सम्झौता अनुसार नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय तहको नेतृत्व र हेल्भेटास नेपालको प्राविधक सहयोगमा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरद्धारा नवलपरासीका सातवटै स्थानिय तहमा सुरक्षित आप्रवासन परियोजना सामी संचालन गरेको छ ।











