अपडेट : भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनामा चार जनाकाे मृत्यु
एजेन्सी । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
हेलिकोप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उहँँकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार रहेको बताइएको छ ।हालसम्म ४ जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शव नराम्रोसँग जलेको अवस्थामा भेटिएकाले पहिचान भएको छैन । तीन जना घाइतेलाई उद्वार गरी अस्पताल लगिएको र उनीहरूको अवस्था गम्भीर भएको बीबीसीले जनाएको छ ।
सेना प्रमुख रावतलाई वेलिङटन सैन्य अस्पताल लगिएको र उहाँको गम्भीर अवस्थामा उपचार जारी रहेको बताइएको छ ।








