सहमतिका लागि रामचन्द्र पौडेल ब्याक हुन राजी, शेखर र प्रकाशमानको दाबी यथावत

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न संस्थापन इतर असफल भएको छ ।बुधवार बसेको शीर्ष नेताको छलफलले सहमति जुटाउन नसकेपछि विहीवार विहान फेरि अर्को बैठक बस्ने गरि छलफल टुंगिएको छ ।आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास संस्थापन इतर पक्षले केही दिन यता गरिरहेको भए पनि नेताहरुले आ आफ्नो अडान नछाड्दा सहमति जुट्न सकेको छैन ।

सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी रहनुभएको छ ।सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले मंगलवार नै बताउनुभएको थियो । तर नेताहरु सहमतिमा नआएपछि थप समस्या देखिएको छ ।

चार नेताहरुका बीचमा बुधवार सहमति नभएकाले विहीवार फेरि अरु नेताहरु बसेर छलफल गरेपछि निकास निकाल्ने कुरा भएको नेता गुरु घिमिरेले जानकारी दिनुभयो । विहीवार विहान ८ बजे बानेश्वरमा बैठक बसेर सुझाव लिएर निकास निकाल्ने कुरा भएको उहाँले बताउनुभयो ।उहाँका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो।

थप समाचार