नव विवाहित जोडीलाई बुद्ध एयरले पोखरा हनिमुनका लागि निशुल्क दुईतर्फी टिकट दिने

प्रकाशित मिति:

बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ ।

यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिन विवाहको पोसाकसहित बुद्ध एयरको विमानमा यात्रा गरेको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।

त्यसपछि कम्पनीले उक्त जोडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए ।