भाजपाका नेताले भने-एकसाथ यतिका पूर्व प्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखेँ

प्रकाशित मिति:

भारतीय जनता पार्टीका नेता एवं पूर्व मन्त्री डा : हर्षवर्धनले नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एकसाथ एउटै मञ्चमा देख्न पाएको बताए । उनले यस्तो भारतमा पनि देख्न नपाएको धारणा उनले राखेका हुन् ।

काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले एउटा पार्टीको महाधिवेशनमा देशका सबै पार्टीका नेता उपस्थित हुनु पनि आफ्नो लागि नौलो रहेको बताउँदै विश्वमा यस्तो कतै पनि नदेखिएको बताए । केही दिन पहिले एमालेको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवा आफै उपस्थिति भएको कुरालाई उल्लेख गर्दै उनले नेपाली राजनीतिक दललाई बधाई दिए ।

थप समाचार