नेपाली कांग्रेस लोकतन्त्रको महत्वपूर्ण कडी : कांग्रेस आईका महासचिव मुकुल

प्रकाशित मिति:

काठमाडौं, मंसिर २४ स् भारतको कांग्रस आईका महासचिव मुकुल वास्निकले नेपाली कांग्रेस लोकतन्त्रको महत्वपूर्ण कडी भएको सपष्ट पारे।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यो महाधिवेशनमा भाग लिन पाउँदा संयुक्त राष्ट्रसंघको महासभामा पहिलोपटक भाग लिँदाजसते अत्यन्त खुसी लगेको र गौरवको अनुभूति भएको बताए।

उनले कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी तथा सिंगो पार्टीको तर्फबाट महाधिवेशन सफलताको शुभकामना दिए। नयाँ दिल्लीमा लोकसभाको अधिवेशन चलिरहेकाले नेत्री गान्धीको उपस्थिति हुन नसकेको उनले जानकारी दिए। महाधिवेशनमा उपस्थित हुन नसकेकोमा गान्धीले दुःख व्यक्त गरेको पनि उनले जानकारी दिए।