भोट माग्दै देउवाले भने – मलाई एकपल्ट जिताइदिनुस्

प्रकाशित मिति:

मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेसँगै सबैले ओली शासनबाट मुक्ति पाएको महसूस गरेको बताएका छन् ।शुक्रबार पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिको दिन हेर्नुस्, कस्तो डर त्रास थियो रु म प्रधानमन्त्री भएको भोलिपल्टै मुक्ति पाए जस्तो भयो । सबै मान्छेहरुले ओलीको शासनबाट मुक्ति पाए ।’

अब त्यसलाई बचाउने कि नबचाउने यो महाधिवेशनले तय गर्नुपर्ने उनले बताए । कुनै किसिमको तानाशाह सरकारमा नआओस् भन्न महाधिवेशनले निर्णय गर्नुपर्ने भन्दै उनले भने, ‘आउने सरकार कांग्रेसको हुन्छ गाउँदेखि माथिसम्म, त्यो मेरो जिम्मा भयो ।’

प्रतिनिधिहरु कतै सहमति त कतै प्रतिस्पर्धाबाट आए पनि मनोमालिन्यबाट मुक्त हुनुपर्ने उनले बताए । आन्तरिक निर्वाचनमा अब आउने चुनावमा असर गर्न नहुने भन्दै देउवाले भने, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाई एक पल्ट जिताइदिनुस् ।’

थप समाचार