देउवाको टिममा परेनन् विश्वप्रकाश, महामन्त्रीमै लड्ने घोषणा

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका नेता विश्वप्रकाश शर्माले आफू महामन्त्रीकै उमेदवार भएको बताएका छन् ।उनले आफू संस्थापनपक्षको टिममा नपरेको स्वीकार गर्दै तर महामन्त्रीमा उमेदवारी दिने बताए । उनले टिमका बारेमा अझै निर्णय नभएको बताएका छन् ।

संक्षिप्त कुराकानीमा उनले आफू शेरबहादुर देउवाको प्यानलमा नपरे पनि उमेदवारी भने दिने बताए ।

“शेरबहादुर दाइको टिममा परिन, महामन्त्रीमा लड्छु कुन टिम भन्ने फाइनल भएको छैन,”  शर्माले भने ।

साभार : बाह्रखरी