शेखर कोइरालाको टिम घोषणा

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहमा साझा उम्मेदवारमा सहमति नभएपछि रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहबाट डा। शेखर कोइरालाको टिम मैदानमा उत्रिने भएको छ । यद्यपी पौडेलले शेखर र प्रकाशमान कसैको पक्षमा आफूलाई उभ्याएका छैनन् ।

शेखरको टिमबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा। मिनेन्द्र रिजाल र गगन थापा उम्मेदवार बनेका हुन् । यो समूहमा सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्नेहरुको नाम पनि टुंगो लागेको छ । सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशी तर्फ रामकृष्ण यादव रहेका छन् । यस्तै थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्थबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।@nepalpress