भक्तपुर जिल्ला ७५औं पशु डाईक्लोफेनेक मुक्त घोषणा

प्रकाशित मिति:

२५ मंसिर, भक्तपुर- भक्तपुर जिल्ला ७५ औं गिद्ध संरक्षण तथा पशु डाईक्लोफेनेक मुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर र नेपाल पंन्छी संरक्षण संघ काठमाण्डौंको आयोजनामा आयोजित गिद्ध संरक्षण तथा पशु डाईक्लोफेनेक मुक्त जिल्ला घोषणा कार्यक्रममा भक्तपुर जिल्लालाई जिल्लाका सरोकारवाला निकायहरुले गिद्ध संरक्षणका लागि शुक्रवार एक कार्यक्रमका बिच पशु डाईक्लोफेनेक मुक्त जिल्लाका रुपमा घोषणा गरिएको नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत श्री भूपाल नेपालीले दिनुभयो ।कार्यक्रममा नेपाल पंन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले नेपालमा गिद्ध संरक्षण बारे भएका सफलता र संरक्षण प्रयासहरुका बारेमा जानकारी दिनु भएको थियो भने नेपाल पंन्छी संरक्षण संघका गिद्ध संरक्षण परियोजनाका ब्यवस्थापक श्री अंकित विलास जोशीले गिद्धको महत्व, गिद्ध ह्रासको कारण, नेपालमा गिद्ध संरक्षणको लागि भएका कार्यहरु र गिद्ध संरक्षणमा हाम्रो भूमिकाका बारेमा सहजीकरण गर्नु भएको थियो । यस्तै भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका डा। गौरीमान क्षेष्ठले डाईक्लोफेनेक, यसले गिद्धलाई पार्ने असर र जिल्लालाई डाईक्लोफेनेक मुक्त जिल्ला घोषणा आधारका बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले गिद्ध तथा वातावरण संरक्षणका लागि अतिनै राम्रो र प्रभावकारी भएकोले स्थानिय स्तरसम्म प्रचार प्रसार गर्न आवस्यक रहेको साथै भेटेरीनरी प्राविधिकहरु र यस विषयका विज्ञहरुको संञ्जाल बनाई कार्य गर्नुपर्छ र औषधि अनुगमनलाई अगाडी बढाउदै विभिन्न संंचार माध्यमहरुबाट गिद्ध संरक्षणका लागि ब्यापक प्रचार प्रसार गर्नुपर्ने सल्लाह सुझाव दिएका थिए ।प्रकृतिका कूचीकारका नामले चिनिने गिद्धले वातावारण सफा गर्ने, विभिन्न महामारी रोग लाग्नबाट बचाँउने, पारिस्थितिकिय प्रणाली र खाद्यश्रृखला कायम गर्न अहम भूमिका खेल्ले, धार्मिक तथा सांस्कृति महत्व बचाई राख्ने आदी जस्ता मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा दिने पंछी गिद्ध भएकोले यसको संरक्षण गर्न आवश्यक ठानिएकोछ ।
सन् १९९० भन्दा अगाडी नेपालमा पाँच लाख गिद्ध र भारतमा भण्डै १६ करोड गिद्ध रहेकोमा हाल आएर ति गिद्धहरु डाईक्लोफेनेक नामक औषधीका कारणले औषतमा ९५ प्रतिशत भन्दा बढीले गिद्ध विनाश भएका छन् । यही विकराल अवस्थालाई मध्यनगर गरी नेपाल सरकारले २०६३ साल जेष्ठ २३ गते देखि पशु उपचारमा डाईक्लोफेनेक प्रयोग गर्न, विक्रि वितरण गर्न र भण्डारण गर्न पूर्णरुपले प्रतिबन्ध लगाएको छ र गिद्ध संरक्षण कार्ययोजना पनि लागु गरेकोछ । सोही कार्ययोजना अनुसार नेपाललाई गिद्ध सुरक्षित क्षेत्र बनाई गिद्ध संरक्षण गरी गिद्धको संख्या पहिलेकै यथास्थितीमा ल्याउन लक्ष्य लिएकोछ ।

जिल्ला समन्वय समितिका प्रमुख श्री नवराज गेलालको प्रमुख आतिथ्यता तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा। गौरीमान श्रेष्ठको अध्यक्षतमा भक्तपुर जिल्लालाई पशु डाईक्लोफेनेक मुक्त घोषणा गरिएको थियो । जिल्ला प्रशासन कार्यालयकी प्रशासकिय अधिकृत उर्मिला खतीवडा, जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी श्री जगन्नाथ लामिछाने, प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक श्री राजु पाण्डे, डिभिजन वन कार्यालयका निमित्त डिभिजन वन अधिकृत श्री प्रेम सापकोटा, कृषि ज्ञान केन्दका प्रमुख श्री कृष्ण भद्र अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख श्री रमेश प्रसाद मैनाली, स्वाथ्य कार्यालयका खोप अधिकृत श्री प्रेम कुमार क्षेष्ठ, नेपाल पंन्छी संरक्षण सघकी प्रमुख कार्यकारी अधिकृत इशाना थापा, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि श्री सहदेव न्यौपाने, भक्तपुर नगरपािलकाका प्रतिनिधि पार्वती योञ्जन, चाँगु नारायण नगरपालिका प्रतिनिधि श्री राजेश कुमार साई, मध्यपुर ठिमी नगरपालिका प्रतिनिधि ठर कुमार थापा, सूर्य विनायक नगरपालिका प्रतिनिधि श्री ऋषिराम लामिछाने,भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारी, भेटेरीनरी प्राविधिक, एग्रोभेटका संचालकहरु, स्थानिय जन प्रतिनिधिहरु र स्थानिय संरक्षण कर्मिहरुको कार्यक्रममा सहभागित रहेको थियो ।भक्तपुर जिल्लालाई पशु डाईक्लोफेनेक मुक्त घोषणा गर्नु पूर्व जिल्लाका विभिन्न भेटेरीनरी औषधी पसलहरुमा अनुगमन समेत गरिएको र अनुगमनको क्रममा गिद्धलाई हानी गर्ने औषधि पशु डाइक्लोफेनेक नभेटिएकोे जानकारी गराउदै जिल्लालाई पशु डाईक्लोफेनेक मुक्त बनाउन सहयोग र समन्वय गर्न प्रतिबद्धता सहित हस्ताक्षर गरी पशु डाइक्लोफेनेक मुक्त घोषणा गरिएको नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले जानकारी दिनु भएको छ।