संसद् बैठकमा सहभागी हुन प्रचण्डले गराए कोरोना परीक्षण

प्रकाशित मिति:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले कोरोना भाइरस एन्टिजेन परीक्षण गराएका छन् ।भोलिदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनका लागि उनले आज बिहान एन्टिजेन परीक्षण गराएका हुन् ।

संघीय संसद् सचिवालयले सबै सांसदहरुलाई आजै एन्टिजेन परीक्षण गराउनका लागि उपस्थित हुन भनेको छ । अन्य सांसदहरु नयाँबानेश्वरस्थित संसद भवनको स्काइ हलमा उपस्थित भइरहेका छन् ।

प्रतिनिधिसभा बैठक भोलिदेखि सुरु हुँदैछ ।