कांग्रेस चुनाव : २,८०९ मत खस्यो (अपडेट)

प्रकाशित मिति:

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको मतदानमा २,८०९ मत खसेको छ । काँग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा २,८०९ मत खसेको हो ।१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभा गृहमा ९०० र भृकुटीमण्डपका दुई स्थान ९प्रदर्शनी हल र प्राङ्गण०मा ९५४ र ९५५ गरी १९०९ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।