ए डिभिजन लिग : जावलाखेल र बिबिसीको गोलरहित बराबरी

प्रकाशित मिति:

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब ९बिबिसी०ले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।दुवै टोली पाएका केही अवसरको सदुपयोग गर्न सकेनन् । १५ औँ मिनेटमा अनगुना जुनियरले बिबिसीका गोलकिपर अन्जल श्रेष्ठ बिट भइसकेको अवस्थमा बक्स बाहिरबाट गरेको प्रहार बाउन्स हुँदै बाहिरिँदा जावलाखेलले अग्रताको अवसर गुमाएको थियो ।

३० औँ जावलाखेलका रुपबहादुर लामाको पासमा जुनियरले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।त्यस्तै, दोस्रो हाफमा खेलको ५८ औँ मिनटमा पेनाल्टी बक्स भित्रबाट लाइक एनजीमीले गरेको प्रहार गोलकिपर अन्जलले मुस्किलले बचाएका थिए । खेलको ६० औँ मिनेटमा बिबिसीले अट्याकिङ थर्डमा एउटा अवसर बनाए पनि उसका एक खेलाडी अफ साइड रहे । खेलको ६३ औँ मिनेटमा भने बिबिसीले पहिलो पटक विपक्षीको पोस्टको दिशामा बल प्रहार गर्न सक्यो । भुवन बस्नेतले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहारले गोलकिपर टिकेन्द्र सिंह थापाको हातसम्मको यात्रा गर्यो ।यसपछि पनि जावलाखेलले धेरै प्रहार गरे पनि गोल गर्न सकेन । बिबिसी ५ अंकसहित ९ औँ स्थानमा रहेको छ भने जावलाखेल भने १ अंकसहित १३ औँ स्थानमा रहेको छ ।