कांग्रेसका लागि पुनः चुनाव हुने, देउवाले पाए २२५८ मत

प्रकाशित मिति:

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापतिका लागि पुनः चुनाव हुने भएको छ। आज बिहान सम्पन्न मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि पुनः मतदान हुने भएको हो। कांग्रेस निर्वाचन समितिका अनुसरा ४ हजार ६८१ मत गणना हुँदा देउवाले २ हजार २५८ मत पाए। त्यस्तै, डा। शेखर कोइरालाले १ हजार ७२९ मत पाए।

सभापतिका उम्मेदवारहरु प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्। कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत आवयक पर्छ। पहिलो चरणमा खसेका ४ हजार ६८१ मध्ये सभापतिमा निर्वाचित हुने २ हजार ३४१ मत आवयश्य थियो। कांग्रेस विधान अनुसार सबैभन्दा बढी मत पाउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ। अब देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।