निति र प्याड हस्तान्तरण

प्रकाशित मिति:

मंसीर २८ भानपुर(देउखुरी दाङ)- नामसालिङ सामुदायिक विकास केन्द्रको आयोजनामा राप्ती गाउँपालिकाको वडा न। ३ अन्तरगत नयाँबस्ती, बुडीचौर, वडा नं ४ को पिपरखुटी, वडा नं ६ को भगवानपुर र वडा नं ७ को भानपुरमा गठित सामुदायीक कृषक समूहहरुको लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति–०७८ तयार गरी समूह लाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा निर्मित नीतिमाथी नामसालिङ सामुदायिक विकास केन्द्र शशांक आचार्य र धर्म यादावले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्र तथा नेपाल सामुदायीक विकास कोष नर्बेको संयुक्त आर्थिक सहयोगमा समूह का महिला सदस्यहरूलाई पुनः प्रयोग गर्न मिल्ने पर्यावरण मैत्री महिनावारी प्याड वितरण गरिएको छ । नयाँबस्ती, बुडीचौर, पिपर्खुटी, भानपुर र भगवानपुरका ५ समूहका १ सय महिला लाई महिनावारी प्याड वितरण गरिएको हो ।