मंसिर २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा देशलाई नै तुइनमुक्त बनाउने घोषणा गरेका थिए । सरकारले तुइन विस्थापित गर्दै सर्वसाधारणको आवतजावतका लागि झोलुङ्गेपुल बनाउने काम गरिरहेको छ । धेरै ठाउँमा तुइन विस्थापित भइसकेको छ ।
तर सरकारले सर्वसाधारणको आवतजावतका लागि झोलुङ्गेपुल बनाएपनि त्यहाँबाट सवारीसाधन आवतजावत हुन सक्दैनन् । जसको उदाहरण डोल्पामा देखिएको छ । तुइन नजिकैको झोलुङ्गे पुलमा ट्रयाक्टर चल्न नसक्ने भएपछि तुइनबाट ट्रयाक्टरलाई खोला पारि लगिएको छ ।
जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा तुइनमार्फत् ट्रयाक्टर तारिएको हो । (तस्वीर : हेमन्त केसी/रासस)












