अपडेट : कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदानमा खस्यो ३८०० मत

प्रकाशित मिति:

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको जारी मतदानमा हालसम्म ३ हजार ८ सय मत खसेको छ । मंगलबार साढे ३ बजेदेखि जारी मतदानमा सवा ८ बजेसम्म ३८ सय मत खसेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको हो ।

९ बजेसम्मका लागि तोकिएको मतदानमा महाधिवेशन प्रतिनिधिहरु लाइनबद्ध रहेका छन् । मतदानका लागि कूल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् ।सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ भने मतदान सकिएलगत्तै आज रातिदेखि नै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।