महामन्त्रीको मतगणना : गगन र विश्वप्रकाशलाई अग्रता

प्रकाशित मिति:

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ६०० मत गन्दा थापाले ३८१ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले २२८ मत पाएका छन् ।

प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत पाएका छन् ।अग्रता बनाएका गगन डाक्टर शेखर कोइराला प्यानलका हुन् भने दोस्रो स्थानमा रहेका शर्मा भने प्रकाशमान सिंह श्रेष्ठको समूहबाट महामनुत्रीमा उम्मेदवारी दिएका हुन् ।

तेस्रो स्थानमा रहेका पौडेल र चौथो स्थानमा रहेका महत सभापति निर्वाचित शेरबहादुर देउवा समूहका हुन् । पाँचौ स्थानमा रहेका रिजाल शेखर समूहका हुन् भने अन्तिममा रहेका कार्कीले विमलेन्द्र निधि समूहबाट महामन्त्रीमा उम्मेदवारीमा दिएका हुन् । ६ जनामध्ये पहिलो र दोस्रो हुने दुई जना महामन्त्रीमा निर्वाचित हुने छन् ।