महामन्त्रीमा निर्वाचित विश्वप्रकाशले भने, ‘सिंगै नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो’
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिबेशनबाट विश्वप्रकाश शर्मा र गगनकुमार थापा महामन्त्री पदमा निर्वाचित हुने पक्का भएको छ । महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो जित ‘सिंगै कांग्रेस रूपान्तरण अभियान’को प्रारम्भ भएको बताए ।
उनले भनेका छन्, ‘यो व्यक्तिको विजय होइन, गुटको विजय होइन । यो सिंगै नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो ।’यसका साथै शर्माले बाँकी कुरा सुन्दरीजलबाट सुनाउने बताउदै भने, ‘मैले बोल्नुपर्ने धेरै छ । सुन्दरीजलस्थित बीपी संग्रहालयबाटै विस्तृत कुरा गर्नेछु ।’
महामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलबाट डा। प्रकाशशरण महत, प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगनकुमार थापा, डा। मीनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट डा। राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।











