‘मिसेस नेपाल वल्र्ड–२०२१’को भोटिङ खुला

प्रकाशित मिति:

तिलोत्तमा, पुस १ । विवाहित महिलाहरुका लागि आयोजना हु“दै आएको ‘मिसेस नेपाल वल्र्ड –२०२१’ को लागि भोटिङ खुला गरिएको छ । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिसेस नेपाल वल्र्ड–२०२१’को लागि भोटिङ पौष १७ गते मध्याह्न १२ बजेसम्म खुला रहेनछ । मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धाका लागि २४ जना महिलाबीच भिडन्त हुने भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुन लागेको यो प्रतिस्पर्धामा रुपन्देहीको भैरहवास्थित लिटल बुद्ध इन्टरनेश्नल मन्टेश्वरी स्कूल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रधानाध्यापक उर्मिला उप्रेती शिलवालले समेत प्रतिस्पर्धा गर्दैछिन्

 

। विगत १० वर्षदेखि लिटल बुद्ध इन्टरनेश्नल मन्टेश्वरी स्कूल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रधानाध्यापकको रुपमा कार्यरत उर्मिला उप्रेती शिलवाल मन्टेश्वरी एसोसिएसनको उपसभापति समेत हुन् । उनी रोट्री क्लब अफ सेन्ट्रल लुम्बिनीकी उपसभापति, डोमेस्टिक वर्कर युनाइट नामक गैर सरकारी संस्थाका लागि नेपालकी संयोजकको रुपमा समेत कार्यरत छन् । विसं २०७२ मा रुपन्देहीको सिद्धार्थनगरस्थित हेभनली गार्डेन किट्स क्याम्पसले आयोजना गरेको ‘ममी डान्स आइडल’ कार्यक्रमको भियोर्स च्वाइस अवार्ड विजेता समेत हुन् उनी । उर्मिला उप्रेती शिलवाललाई भोट गर्नका लागि आईएमई पे को मोबाइल एप डाउनलोड गरी भोटिङमा गएर कन्टेसटेन्ट नम्बर १७ मा भोट गर्न सकिन्छ ।प्रतियोगितामा उर्मिला उप्रेती शिलवालस“गै, उषा रजक, सुजाता अर्याल, रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानिया“, जयन्ती राई, विनिता कुइ“केल सहभागी छन् । यस्तै, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सुष्टिका दोङ्ग, सोनु मगर ढुंगेल, संगीना अर्याल, दीक्षा केसी, पार्वती गिरी, सिर्जना सुवेदी, निरञ्जना भेटवाल, समीक्षा कार्की र माला सुनारबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।

 

रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वल्र्डको आधिकारिक फ्रेन्चाइज प्राप्त गरेस“गै मिसेस नेपाल वल्र्डका रुपमा हुने प्रतियोगिता अब वाईवाई मिसेस नेपाल वल्र्डका नाममा हुने भएको छ । ‘मिसेस नेपाल वल्र्डस“गै’ सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनल’को उपाधि विजेता पनि चयन गरिनेछ । यो प्रतियोगिताको विजेताले सन् २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछिन् । मिसेस नेपाल इन्टरनेसनलको पा“चौं संस्करण सन् २०१९ मा सम्पन्न भएपनि कोभिड–१९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो ।